काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अहिले खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटार र झम्सिखेल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
खुमलटार सहज जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।
खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको सातदोबाटोको १९ अंक रहेको छ ।
झम्सिखेल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।