काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।