काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।