एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादलाई जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।
रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजि रहे ।
हैदराबादका जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १/१ विकेट लिए ।
आज राजस्थान पाँचौं जित निकाल्ने योजनामा रहेको छ ।
राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ ।
राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
हैदराबादलाई पनि यस खेल महत्वपूर्ण रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको हैदराबादलाई प्ले अफ सम्भावना कायम राख्न जित बाहेक अन्य विकल्प छैन ।
हैदराबादले ९ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।
त्यसैले राजस्थान र हैदराबादका लागि यस खेल गर या मरको स्थितिमा रहेको छ ।