काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत अहिले थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा थ्री स्टारले १-० को अग्रता बनाएको छ । पहिलो हाफ बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा अग्रता बनाएको हो ।
खेलको ७० औं मिनेटमा भारतीय खेलाडी लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् । उनले निशान खड्काको फ्रिकिक बललाई हेडबाट पोस्टको दिशा देखाएका थिए ।