काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीबिरुद्द हिमालयन शेर्पा क्लबले अग्रता बनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ शेर्पाले २–१ को अग्रता लिएको हो ।
खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनायो । राजेशले डिबक्सको नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । उसका विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।
पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनाउन सफल रह्यो । त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै शेर्पालाई अग्रता दिलाए ।
रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् ।