काठमाडौं । पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ । ‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समुहमा तीन टोली सहभागी छन् । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले उपाधि सहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उद्घाटन खेलमा निदान हस्पिटल र तिलगंगा हस्पिटल भिड्नेछन् ।
प्रतियोगितामा निदान र तिलगंगा सहित सुमेरु हस्पिटल, नेपाल एपीएफ, बयोधा हस्पिटल, विनायक हस्पिटल, स्टार हस्पिटल, मध्यपुर हस्पिटल, सिभिल हस्पिटल, मेट्रो आई केयर, ट्रमा सेन्टर, नेपाल पुलिस हस्पिटल, मेट्रो हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, अल्का हस्पिटल रहेका छन् ।
त्यस्तै मातृका आई सेन्टर, नेश्नल क्यान्सर जावलाखेल, नर्भिक हस्पिटल, काठमाडौं मोडेल, नेपाल नेश्नल हस्पिटल, हिमाल हस्पिटलको सहभागीता रहनेछ ।