• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
विवादको बाबजुत फुटसलको प्रशिक्षकमा विष्णु
खेलपाटी संवाददाता
सोमबार, भदौ २, २०७६ खेलपाटी संवाददाता
विवादको बाबजुत फुटसलको प्रशिक्षकमा विष्णु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ ।

फुटसल कमिटीले आइतबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा विष्णुलाई नियुक्त गरेको हो । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले विष्णुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यस्तै सहायक प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् ।

फुटसल कमिटीका संयोजक तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले विष्णुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी खेलपाटीलाई गराए । तर, मुख्य प्रशिक्षक चयन विवादरहित भने हुन सकेन ।

खेलाडी छनोट नहुँदै प्रशिक्षक चयनको विषयमा विवाद देखिएको थियो । फुटसलका अन्य प्रशिक्षकहरुले आफुहरुसँग छलफल नगरी कमिटिका संयोजक लामाले एकलौटी तरिकाले मुख्य प्रशिक्षक छनोट गरेको भन्दै बिरोध जनाएका छन् । 

'हामीले सुरुमै आफ्नो मान्छे प्रशिक्षकमा ल्याउने भएपछि विरोध जनाएका थियौ । त्यसैले खेलाडी छनोट पछि मात्रै प्रशिक्षक चयन गर्ने बताइएको थियो । तर, त्यो भएन । हामीसँग कुरै नभई आफ्नो मान्छेलाई हालियो ।’ नाम नखुलाउने सर्तमा एक प्रशिक्षकले भने ।

अन्य प्रशिक्षकहरुले विष्णुसँग प्रशिक्षकको अनुभव नभएको र हालसम्म कुनै पनि ठुलो स्तरको प्रशिक्षकमा काम नगरेकालाई सिधै मुख्य प्रशिक्षकमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका हुन् ।

'सुरुमै विवाद आएपछि एन्फाका महासचिवसहित संयोजक लामाले हामीसँग मिटिङ गरेका थिए । छलफल गरेर मात्रै प्रशिक्षक निर्णय गर्ने कुरा भएको थियो । तर, एक्कासी कुनै जानकारी बिनै विष्णुलाई ल्याइएको छ ।’ उनले थपे । 

यसअघि प्रशिक्षक छनोटमा सिनियरलाई प्राथमिकता दिने गरिएको थियो । तर, यस पटक भने कमिटिले सिनियरलाई प्राथमिकतामा राखेनन् ।

प्रतियोगिताका लागि खेलाडी छनोट भने ११ प्रशिक्षकको छनोट कमिटीले गरेका थिए । कमिटीमा चक्र तामाङ, चेतन घिमिरे, बिक्रम महर्जन, दिपक भुषाल, नरेश श्रेष्ठ, सरोज थापा, विष्णु गुरुङ, गौरव बस्नेत, जिवन सिंकेमान, प्रकाश परियार र विनोद लामा थिए ।

छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा नेपालसहित ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP