काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारीले 'एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड' जितेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् ।
यस विधाको मनोनयनमा सावित्रासंगै भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ परेकी थिईन् ।
अवार्डसंगै सावित्राले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
यस्तै उनले टर्किस एयर्लाइन्सको हवाई टिकट प्राप्त गरेका छन् ।
सावित्राको सफलता -
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन ।
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान ।
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल ।
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी ।
–प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता ।
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार) ।