काठमाडौं । मलेसियाविरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल १-० ले पछि परेको छ ।
घरेलु टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा गोल खाएको हो ।
खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गरे । अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो ।