काठमाडौं । भारतीय महिला लिग फुटबल अन्तर्गत कोल्हापुर सिटीविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छिन् ।
गुरु नानक स्टेडियममा जारी खेलमा सेथु फुटबल क्लबकी सावित्रा दोस्रो हाफमा ३ गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् ।
सावित्राले ५६, ६६ र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।
भारतीय महिला लिगमा सावित्राको यो दोस्रो ह्याट्रिक हो ।
जारी खेलमा सावित्राको टिम सेथु ९-० गोल अन्तरले अगाढी रहेको छ ।