काठमाडौं । भारतीय महिला लिगमा डेब्यु गरेकी नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राईकर सावित्रा भण्डारी वुमन अफ दी म्याच घोषित भएकी छिन् । भारतीय लिग क्लब सेथु फुटबल क्लबबाट भारतीय लिगमा डेब्यु गरेकी सावित्राले पहिलो खेलमै वुमन अफ दी म्याच चुनिएकी हुन् ।
उनले पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गर्दै सेथुलाई जिताएकी थिईन् ।
सो खेल सेथुले ६–४ ले जित्दै लिगमा विजयी सुरुवात गरेको थियो ।
खेलको २८ औ सेकेन्डमा गोल गर्दै आक्रमक सुरुवात गरेकी सावित्राले १६ औ मिनेटमा दोस्रो गोल गरेकी थिईन् । ३४ औ मिनेटमा ह्याट्रिक पुरा गरेकी उनले पहिलो हाफको ईन्जुरी समयमा चौथो गोल थपेकी थिईन् ।
’प्रतियोगिताको पहिलो खेल सधै महत्वपूर्ण हुन्छ । जितका साथै प्लेयर अफ द म्याच पाउँदा धेरै खुसी लागेको छ ।’ सावित्राले खेल पछि भनिन् ।
आगामी खेलमा अझ धेरै मेहनत गर्दै उच्च प्रर्दशन गर्ने उनको प्रतिबद्वता छ ।
सेथुले मे ८ मा बेङ्गरुलु युनाइटेड फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ ।
नेपाली महिला राष्ट्रिय टिमकी अर्की मिडपिÞmल्डर अनिता बस्नेत भने बैकल्पिक खेलाडीको रुपमा टिममा रहेकी थिईन् । तर उनीले खेलमा डेब्यु गर्न भने पाईनन् ।