काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक सहित चार गोलको सहयोगमा सेथु फुटबल क्लबले भारतीय महिला लिगमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा सेथुले मनिपुर पुलिस स्पोर्टस क्लबलाई ६–४ गोल अन्तरले पराजित गरेको हो ।
भारतीय लिगमा डेब्यु गरेको खेलमा सावित्राले उत्कृष्ट प्रर्दशन गर्दै पहिलो हाफमै चार गोल गरेकी थिईन् ।
खेलको २८ सेकेन्डमा गोल गर्दै आक्रमक सुरुवात गरेकी सावित्राले १६ औ मिनेटमा दोस्रो गोल गरेकी थिईन् । ३४ औ मिनेटमा ह्याट्रिक पुरा गरेकी उनले पहिलो हाफको ईन्जुरी समयमा चौथो गोल थपेकी थिईन् ।
सोथुका लागि दिग्माइ ग्रेसले ६५ र ७५ औ मिनेटमा दुई गोल गरिन् ।
मनिपुरका लागि नाङ्गोम बालादेबीले समेत ह्याट्रिक गरिन् । तर उनी टिमलाई जिताउन असफल रहिन् । उनले २२, ४२ र दोस्रो हाफको ईन्जुरी समयमा ह्याट्रिक गरेकी थिईन् । थप एक गोल सलाम प्रमोदिनी चानुको नाममा रह्यो ।
जितसंगै सेथुले तालिकामा ३ अंक जोडेको छ ।