काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा आयोजक टिमले विजयी सुरुवात गरेको छ ।
शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा भएको उद्घाटन खेलमा आयोजक केपी ओली फुटबल क्लबले चर्च ब्वाईज युनाईटेडलाई हराएको छ ।
जय गुरुङ्ग प्रेरित आयोजक टिमले चर्च ब्वाईजलाई ३–० गोल अन्तरले हराएको हो ।
केपी ओली फुटबल क्लबको जिततमा जय गुरुङ्गले दुई तथा फोडे फोफानाले एक गोल गरे । तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको ५८ औं मिनेटमा फोफानाले गोल गर्दै आयोजक टिमलाई अघि बढाएका थिए । जय गुरुङ्गले ६८ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा जयले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
केपी ओली फुटलब क्लबले अब सेमिफाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत आईतबार एनआरटी र थ्री स्टार तथा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी गरि १० टिम सहभागी छन् ।