काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहममाथि जित निकालेको छ । आईतबार चेल्सीले घरेलु टोली फुलहममाथि २–० को जित निकालेको हो ।
चेल्सीको जितमा अरमान्डो ब्रोजा माखाइलो मुड्रिकले समान एक एक गोल गरे ।
खेलमा अग्रता चेल्सीले १८ औं मिनेटमा मुड्रिकको गोलमा बनाएको थियो । लगत्तै ब्रोजाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । दुवै टोलीबाट थप गोल हुन नसकेपछि चेल्सीले सहज जित निकालेको हो ।
मुड्रिकले चेल्सीका लागि पहिलो गोल गरे । गत जनवरीमा शख्तर डोनेस्कबाट ८९ मिलियन पाउण्डमा चेल्सी आएका उनले प्रर्दशन मिश्रित रहेको थियो । तर पहिलो हाफमा उनले चेल्सीका लागि उत्कृष्ट प्रर्दशन गरेका थिए ।
सन् २०२२ को अक्टोबरपछि ब्रोजाले पहिलो गोल गरेका हुन् । घुडाँको गम्भिर चोट बोकेका उनी मैदान फर्किएपछि पहिलो गोल गरेका हुन् ।
जित सहित चेल्सी प्रिमियर लिगको ११ औं स्थानमा उक्लिएको छ ।
फुलहमले चेल्सीविरुद्ध खासै राम्रो अवसर निकाल्न सकेन । दोस्रो हाफमा सासा लुकिसले डिबक्सको सिक्स यार्डबाट प्रहार गरेको बल रोबर्ट साञ्चेजले गोलमा परिणत गरेका थिए ।