काठमाडौं । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले क्लब छाड्ने भएका छन् ।
फ्रेन्च फरवार्ड बेन्जिमाले १४ वर्षपछि रियल छाड्ने भएका हुन् ।
बेन्जिमाले यस सिजनको अन्त्यसँगै रियल छाड्ने भएका हुन् । रियलले फरवार्ड बेन्जिमाले क्लब छाड्ने पुष्टि गरेको छ ।
बालोन डी'ओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । ३५ वर्षीय बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।
बेन्जिमाले रियलका लागि मुख्य २५ उपाधि जितेका छन् । बेन्जिमाले रियलका ६ सय ४७ खेल खेलिसकेका छन् ।
पछिल्लो समय बेन्जिमा साउदी अरेबियाको लिग जाने चर्चा रहेको छ ।