काठमाडौं । 'ए' डिभिजनका तीन क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एएफसीको फस्ट इन्सट्यान्ट बडी (एफआईबी) ले तीन क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो ।
तीन क्लबले अघिल्लो सिजन पनि क्लब लाइसेन्स पाएको छ ।
एएफसी क्लब लाइसेन्सको मूल प्रक्रियाको समय सिमापछि एएफसीलाई यो निर्णय पठाइएको एन्फाले जनाएको छ ।
क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले २०२३/२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
क्लब लाईसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ ।