• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भीमफेदीको विजयी सुरुआत
खेलपाटी संवाददाता
शनिबार, चैत ४, २०७९ खेलपाटी संवाददाता
भीमफेदीको विजयी सुरुआत

मकवानपुर । भीमफेदी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय दोस्रो अन्तरपालिका पुरुष नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा कैलाश गाउँपालिकालाई ट्राईबेकरमा पराजित गर्दै भीमफेदीले विजयी यात्रा सुरु गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा आजबाट हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोल बराबरी खेलेका थिए । त्यसपछि भएको पेनाल्टी सुटआउटमा भीमफेदीले कैलाशलाई ४–२ ले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो हाफको छैठौं मिनेटमा भीमफेदीका सविन घलेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको १२ औं मिनेटमा कैलाशका सुमन सिं स्याङतानले खेल बराबरीमा ल्याए । पहिलो हाफको २४औं मिनेटमा भीमफेदीका श्रीजन कुमार दानीले गोल गर्दै टिमलाई पुन अग्रता दिलाए पनि दोस्रो हाफको ७३औं मिनेटमा मिनेटमा कैलाशका बिकल मोक्तानले गोल गर्दै खेल बराबरीमा पुर्राए । त्यसपछि दुवै टोलीले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन र खेल ट्राईब्रेकरमा धकेलियो ।

ट्राईब्रेकरमा भीमफेदीका रामराज शाही, श्रीजन कुमार दानी, समर दंगाल र अर्पण घलानले गोल गर्दा, कैलाशका अजय गुरुङ र सुर्य थिङले मात्र गोल गर्न सके भने, साजन जिम्बा र बिकल मोक्तानले गरेको प्रहार पोष्ट बाहिर गयो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच भीमफेदीका श्रीजन कुमार दानी घोषित भए ।

आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोली अईतबार दुई खेल हुनेछ । भोली आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेलकुदको विकास तथा खेलाडि उत्पादन गर्ने उदेश्यका साथ बागमती प्रदेशमै एकमात्र जिल्ला समन्वय समिति मकवानपुरले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनौट गरेर बागमती प्रदेश खेलकुदमा सहाभागि गराईने बताईएको छ । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको थियो ।

आजको उद्घाटन खेल जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

उद्घाटन कार्यक्रममा जिसस उपप्रमुख सानुकाजी लुईटेललगायत विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिती थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP