काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा एट्लान्टालाई १-० गोल अन्तरले हराउँदै इन्टरले अन्तिम चारको यात्रा तय गरेको हो ।
इन्टरको जितमा माटियो डार्मेनले निर्णायक गोल गरे ।
पहिलो हाफमा इन्टरले एट्लान्टासँग गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो हाफमा इन्टरले गोल गर्यो ।
माटियोले खेलको ५७ औं मिनेटमा गोल गरे । जुन गोल इन्टरको जितमा निर्णायक बन्यो ।
