काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सन डायसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एभर्टनले सोमबार डायसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इंग्लिस प्रशिक्षकले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
उनी २०२५ को जुनसम्म एभर्टनमा रहने छन् ।
एभर्टनले गत हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो ।
एभर्टन यस सिजन १९ औं स्थानमा रहेको छ ।
उनी गत अप्रिलमा बर्नलीबाट बर्खास्तमा परेका थिए । त्यसयता उनी कुनैपनि क्लबमा आबद्द थिएनन् ।