काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर बेन ह्वाइटले कतारमा जारी विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
डिफेन्डर बेन व्यक्तिगत कारण देखाउँदै कतारमा रहेको इंग्ल्यान्डको विश्वकप टोलीको क्याम्प छोडेर स्वदेश फर्केका छन्।
इंग्ल्यान्ड एफएले बेन बाँकी खेलका लागि टिममा नफर्कने जनाएको छ ।
यस्तै एफएले खेलाडीको गोपनीयतालाई सम्मान गर्न उनले क्याम्प छाड्नुको कारण गोप्य राखिएको जनाएको छ ।
२५ वर्षीय खेलाडीले इङ्ल्यान्डका लागि ४ खेल खेलेका छन् । तर, विश्वकपमा समूह बी को शीर्ष स्थानमा रहँदा उनले थ्री लायन्सका लागि खेल्न सकेनन् ।
उनी इरान र अमेरिकाविरुद्धको खेलका लागि छनोट भएनन् र बिरामीका कारण वेल्सविरुद्धको खेल गुमाएका थिए ।