काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेलेको हो ।
लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।
ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे ।
खेलको चौंथो मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए ।
३३ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-२ को स्थितिमा ल्याए ।
खेलको ६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३-२ ले गाही रह्यो ।
तर, खेलको ८३ औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गर्दै ब्राइटनलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै ब्राइटनले ७ खेलमा १४ अंक जोडेको छ ।
ब्राइटन चौंथो स्थानमा रहेको छ ।
लिभरपुल १० अंक जोडेर नवौं स्थानमा रहेको छ ।