काठमाडौं । मेनछन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ।
दशैंका अवसरमा रइला गाइज दक्षिण कोरियाद्वरा आयोजित दाङ्जिन क्षेत्रमा बसोबास गर्ने नेपालीबीच भएको एकदिने फुटसल प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए । सुनसङबाट रमेश लामा गोल फर्काएका थिए । सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे ।
पुरस्कार दाङजिन नेपाली समाजका अध्यक्ष भीष्म लावतीले विजयी खेलाडी पुरस्कार वितरण गरे ।