काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली आर्सनलले टोटेनहमलाई ३–१ गोल अन्तरले हराएको हो ।
जितसँगै नर्थ लण्डन क्लब प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
इमर्सन रोयल्सले रातो कार्ड खादै मैदान बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमित बन्यो । दोस्रो हाफमा दुई गोल थप्दै आर्सनलले टोटेनहममाथि शानदार जित निकाल्यो ।
थोमस पार्टले गोल गर्दै आर्सनललाई सुरुवात अग्रता दिलाएका थिए । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टोटेनहमलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफ सुरु भए लगत्तै ग्याब्रियल जिससले गोल गर्दै आर्सनललाई अघि बढाए । इमर्सन ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमित बन्यो । त्यसको ५ मिनेटमा ग्रेनाइट जाकाले आर्सनलका लागि तेस्रो गोल थपे ।
शीर्ष स्थानमा उक्लिएको आर्सनलले ८ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम १७ अंक सहित तेस्रो स्थानमा छ ।