काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई हराएको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति नेदरल्यान्ड्सले पोल्याण्डलाई २-० गोल अन्तरले हराएको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा कोडीले गोल गरेपछि नेदरल्यान्ड्सले सुरुआती अग्रता बनायो ।
त्यसपछि ६० औं मिनेटमा स्टेभेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।
जितसँगै नेदरल्यान्ड्सले अपराजित यात्रा कायम राखेको छ ।
लिग ए समूह ४ को नेदरल्यान्ड्सले ५ खेलमा १३ अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ ।
पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।