काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले डेनमार्कलाई हराएको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति क्रोएसियाले डेनमार्कलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४९ औं मिनेटमा बोर्ना सोसाले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
क्रिष्टियन एरिक्सनले ७७ औं मिनेटमा गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।
यस जितसँगै क्रोएसिया शीर्ष स्थानमा उक्लिएको छ ।
लिग ए समूह १ को क्रोएसियाले ५ खेलमा १० अंक जोडेको छ ।
डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।