काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर मार्क कुकुरेलाले आफुले लामो कपाल कहिले नकाट्ने बताएका छन् ।
एक अन्तर्वार्तामा उनले कपाल आफ्नो स्टाइल भनेको कारण नकाट्ने बताएका हुन् ।
'म कहिल्यै कपाल काट्ने छैन। यो मेरो शैली हो,' उनले भने ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलबाट कुकुरेलाको लामो कपालको चर्चा चुलिएको थियो ।
चेल्सी र टोटेनहमबीचको २-२ को बराबरीमा उनको कपालको भूमिका रहेको चर्चा पछिल्लो समय चलेको छ ।
उक्त खेलमा टोटेनहमका डिफेन्डर क्रिस्टियन रोमेरोले कुकुरेलालाई कपालबाट तानेर लडाएका थिए । तर, भीआर जाँचपछि रेफ्रीले फउल दिएन । लगत्तै पाएको कर्नरमा ह्यारीले केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
चेल्सीले स्पेनिस डिफेन्डरलाई यसै समरमा ब्राइटनबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
डिफेन्डर कुकुरेलाले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
कुकुरेला एक सिजन ब्राइटनमा बिताएर चेल्सी आएका हुन् ।
स्पेनिस क्लब गेटाफेबाट ब्राइटन आएका उनले ३८ खेलमा १ गोल गरेका थिए ।