काठमाडौं । इंग्लिस प्रिमियर क्लब उल्भ्सले मिडफिल्डर म्याथुएस नुनेसलाई अनुबन्ध गरेको छ ।
उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो ।
उल्भ्सले क्लबको कीर्तिमानी मूल्य ४२.२ मिलियन पाउण्डमा नुनेसलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय मिडफिल्डरले उल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।
उल्भ्सले तेस्रो खेलाडीको रुपमा नुनेसलाई अनुबन्ध गरेको हो ।
उनले लिस्बनका लागि ७६ खेल खेलेका थिए ।
उनले पोर्चुगलका लागि ८ खेल खेलेका छन् ।