काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर कोनर कोडीलाई अनुबन्ध गरेको छ ।
एभर्टनले डिफेन्डर कोडीलाई उल्भ्सबाट लोनमा अनुबन्ध गरेको हो ।
एभर्टनले एक सिजनका लागि उनलाई लोनमा अनुबन्ध गरेको हो ।
उल्भ्सले डिफेन्डर कोडीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको अवसर समेत दिएको छ ।
२९ वर्षीय कोडीले एभर्टनमा ३० नम्बरको जर्सी लगाउने छन् ।
कोडी सन् २०१५ मा हडर्सफिल्ड टाउनबाट उल्भ्स आएका थिए ।
उल्भ्सका लागि कोडीले ३ सय बढी खेल खेलिसकेका छन् ।
इंग्ल्यान्डका लागि उनले १० खेल खेलेका छन् ।