काठमाडौं । प्रिमियर लिग क्लब ब्राइटनले डिफेन्डर लेभी कोलविललाई अनुबन्ध गरेको छ ।
ब्राइटनले चेल्सीका डिफेन्डरलाई लोनमा अनुबन्ध गरेको हो ।
लेभीलाई एक सिजनको लागि ब्राइटनले लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका १९ वर्षीय डिफेन्डरले गत सिजन हडर्सफिल्ड टाउनबाट अनुबन्ध गरेको थियो ।
उनले हडर्सफिल्डका लागि २९ खेलमा २ गोल गरेका थिए ।
लेभीले चेल्सीका लागि सिनियर टोलीमा डेब्यु गरेका छैनन् ।
उनले इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलिसकेका छन् ।