काठमाडौं । स्पेनिस क्लब बार्सिलोनामा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले शुक्रबार लेवान्डोस्कीलाई सार्वजनिक गर्दै ९ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।
३३ वर्षीय लेवान्डोस्कीले बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका छन्।
उनी २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए ।
बायर्नका लागि उनले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन् ।
लेवान्डोस्कीले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए ।