काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर मार्क कुकुरेलालाई अनुबन्ध गरेको छ ।
चेल्सीले स्पेनिस डिफेन्डरलाई ब्राइटनबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
डिफेन्डर कुकुरेलाले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
कुकुरेला एक सिजन ब्राइटनमा बिताएर चेल्सी आएका हुन् ।
स्पेनिस क्लब गेटाफेबाट ब्राइटन आएका उनले ३८ खेलमा १ गोल गरेका थिए ।
बार्सिलोनाका पूर्व डिफेन्डरलाई म्यानचेस्टर सिटीले समेत नजर लगाएको थियो ।
तर, चेल्सीले उनलाई महँगो मूल्य तिरेर अनुबन्ध गरेको हो ।
'म साँच्चै खुसी छु । विश्वको एक उत्कृष्ट क्लबमा सामेल हुने ठूलो अवसर हो र टोलीलाई मद्दत गर्न कडा मेहनत गर्नेछु,' सम्झौतापछि उनले भनेका छन् ।