काठमाडौं । मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगितामा नेपालको न्युरोड टिम (एनआरटी) ले मलेसिया र इन्डोनेसियाको टिमसँग खेल्ने भएको छ ।
एनआरटीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै टीवाईटी कपमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्ने जनाएको छ ।
प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ। ।
प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । प्रतियोगिता२८ जुनदेखी २ जुलाईसम्म हुनेछ ।
२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
सहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स्वरुप एनआरटीले ‘प्री सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको हो ।
एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्नेछ । एनआरटीले २५ जुनमा दशरथ रंगशालामा संकटा क्लबसँग मैत्रीपुर्ण खेल खेल्ने छ।
यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने छ।