काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाईटेडको डिरेक्टरमा माजेद अल सोरोउर नियुक्त भएका छन् ।
न्युकासलले साउदी गल्फ महासंघका प्रमुख कार्यकारी रहेका माजेदलाई क्लबको डिरेक्टर नियुक्त गरेको हो ।
माजेदले गत मे १२ बाट डिरेक्टरको रुपमा काम सुरु गरिसकेको बताईएको छ ।
माजेद न्युकासलको केहि खेलमा मैदानमा देखिदै आएका थिए ।
साउदी अरेबिया कोषले किनेपछि न्युकासलले माजेदलाई डिरेक्टर नियुक्त गरेको हो ।
गत असोजमा साउदी कोषले ३ सय मिलियन पाउण्डमा न्युकासलको स्वामित्व खरिद गरेको हो ।