काठमाडौं जर्मन क्लब बोरुसिया डर्टमण्डले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
डर्टमण्डले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
बुन्डेसलिगा टोली डर्टमण्डको नयाँ जर्सी पुमा कम्पनिले बनाएको हो ।
यस सिजन डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।
बायर्न म्युनिखले उपाधि जितिसकेको छ ।
