काठमाडौं । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
युभेन्ट्सले शुक्रबार २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
सिरी 'ए' टोली युभेन्ट्सको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।
युभेन्ट्स यस सिजन उपाधि जित्न असफल भएको छ ।
युभेन्ट्स यस सिजन चौंथो स्थानमा रहेको छ ।