काठमाडौं । थ्री स्टार फुटबल क्बलका पूर्व प्रशिक्षक प्रदिप हुमागाई अमेरिकाको फिलाडेल्फियामा रहेको फिलाडेल्फिया युनियनको युवा टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
डिसेम्बर २१ तारिखबाट लागू हुनेगरी हुमागाई पार्टटाइम प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् ।
प्रशिक्षकमा नियुक्त भएपछि हुमागाईले आफ्नो जीवनको सबैभन्दा राम्रो दिनमध्येको एक रहेको प्रतिक्रिया दिएका छन् ।
‘आज मेरो जीवनको सबैभन्दा राम्रो दिनमध्येको एक हो । यात्रा जारी रहनेछ,’ हुमागाईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
हुमागाईले नेपालमा थ्री स्टारसँगै ललितपुर सिटी फुटबल क्लबको मुख्य प्रशिक्षकको रुपमा समेत काम गरेका छन् ।