पोखरा । बगर भाई खलक एट–ए–साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि टि वर्गर ललितपुरले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० ले पराजित गर्दै उसले पाँचौ स्वर्गीय रञ्जित गुरुङ भेट्रान्स फुटबलको उपाधि उचालेको हो ।
उपाधिसंगै टि वर्गरले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
एबिसीले उपविजेतामा चित्त बुझायो । उसले ७५ हजार, ५ सय ५५ सहित ट्रफि, पदक र प्रमाणपत्र प्राप्त ग¥यो ।
टि वर्गरलाई उपाधि दिलाउन भुपेन लिम्बुले २ तथा रमेश गुरुङले १ गोल गरे ।
प्रतियोगितामा काठमाण्डौं, ललितपुर, विरगंज, हेटौंडा, चितवन र बुटवलका साथै स्थानिय गरी कुल २५ टिमले सहभागिता जनाएका थिए ।