काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । संकटालाई हराएर थ्री स्टार अंक तालिका सुधार्न चाहन्छ ।
संकटा ८ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । संकटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।