काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार फ्रेन्ड्स क्लब पराजित भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स त्रिभुवन आर्मीसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।
फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।
तर, फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले टिमलाई रेलिगेसनबाट जोगाउने बताए ।
'चार वटा खेल जित्यौं भने हामी रेलिगेसनबाट जोगिन्छौँ । अरु टिममा समेत निर्भर हुन्छौं । अरुको खेल हेरेर खेल्नु पर्ने भो,' मिश्रले भने, 'लिगमा एउटा पनि खेल जित्न नसक्नु दुर्भाग्य भो यसपटक । राम्रो खेलेपनि स्कोर निस्किएन । फुटबल हो अन्तिमसम्म मौका छ ।'
यस्तै मिश्रले आफ्नो टिमलाई भाग्यले साथ नदिएको बताए ।
'आजको खेलमा ब्याड लक भयो । गोल खान नपर्ने गोल खाईरहेको छ । गोलकिपरले त्यस्तै गोल खाईरहेको छ । हाम्रो गोल हुनु पर्ने गोल नै भएन । भाग्यले साथ नदिएको जस्तो लागेको छ । राम्रो खेलिरहेका हुन्छौं । आज गोलकिपरले धेरै मिस्टेक गर्यो,' उनले भने ।