काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० गोलको अग्रता बनाएको छ ।
खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४५ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई २-० गोलको अग्रता दिलाए ।
फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो ।
आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।
आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।