काठमाडौं । जर्मन बुन्डेस लिगा अन्तर्गत बोरुसिया डर्टमन्डले फ्रेबर्गमाथि सानदार जित दर्ता गरेको छ ।
शुक्रबार राती भएको खेलमा डर्टमन्डले फ्रेबर्गमाथि ५–१ गोलअन्तरको जित दर्ता गरेको हो ।
डर्टमन्डको लागि अर्लिङ हालान्डल र थोमस मेउनियरले दुई–दुई तथा महमोद दाहोदले एक गोल गरे । फ्रेबर्गका लागि एकमात्र गोलल डेमोरेभिकले गरे ।
मेउनियरले १४ औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए ।
मेउनियरले नै २९ औं मिनेटमा डर्टमन्डको अग्रता दोब्बर बनाए ।
हालान्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा डर्टमन्ड ३–० को अवस्थामा पुगेको थियो ।
तर डेमेरोभिकले फ्रेबर्गका लागि ६१ औं मिनेटमा गोल गरे ।
७५ औं मिनेटमा हालान्डले पुन गोल गरेपछि डर्टमन्ड ४–१ को अवस्थामा पुगेको थियो ।
दाहोदले ८६ औं मिनेटमा गरेको गोलसँगै डर्टमन्डले फराकिलो जित दर्ता गर्यो ।
जितसँगै दोस्रो स्थानको डर्टमन्डले १९ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ ।
यता शीर्ष स्थानको बायर्न म्युनिखको १८ खेलमा ४३ अंक छ ।