काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार सातदोबाटो युथ क्लबले सनसनीपूर्ण जित निकाल्यो।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई २-१ गोल अन्तरले हराउँदै नवप्रवेशी सातदोबाटोले सनसनीपूर्ण जित निकालेको हो ।
मनाङविरुद्ध सातदोबाटोको यो पहिलो जित समेत हो । जितपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसी खुशी देखिए ।
प्रशिक्षक केसीले मनाङविरुद्ध टिमले यो नतिजा ल्याउनेमा आफुलाई विश्वास रहेको समेत बताए ।
'महेनत अनुसारको खेल र समयमै गोल निस्कियो । सातदोबाटो परिपक्क टिम हैन तर खेल राम्रो छ । त्यति ठुलो नतिजा त हैन तर आशा गरेका थियौं,' उनले भने, 'मलाई विश्वास पनि थियो । यो टिमले कमसेकम एउटा छाप छाडोस भने थियो त्यसका लागि यो खेलमा खेलाडीले शतप्रतिशत खेल्यो ।'
प्रशिक्षक केसीले स्कोरमा अझै समस्या देखिएको बताए ।
'आज सिधै भन्नु पर्दा हामीले मनाङलाई ५-० ले जित्नु पर्ने हो । खेल अनुसार मौका पनि पाएको हो । स्कोरमा अझ पनि पुगेन,' उनले थपे ।