पोखरा । आयोजक बगर भाई खलकलाई २–१ ले पराजित गर्दै एबिसी भेट्रान्स पोखरामा जारी बगर भाई खलक एट–ए–साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा एबिसीका महेन्द्र गुरुङ र विष्णुलाल श्रेष्ठले समान १–१ गोल गरे । शुक्रबार नै भएको दोस्रो खेलमा टि वर्गर ललितपुरले हेटौंडाको नागासोतीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
उपाधिका लागि शनिबार पोखराको एबिसी भेट्रान्स र टि वर्गर ललितपुरबिच प्रतिस्पर्धा हुने छ। प्रतियोगिता विजेताले टिमले १ लाख ५१ हजार १ सय १ सय ११ र उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।