काठमाडौं । युएईमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल २०२१ आगामी फेब्रुअरीमा हुने भएको छ ।
फिफाले क्लब विश्वकप फेब्रुअरी ३ देखि १२ सम्म आबुधाबीमा आयोजना हुने जनाएको छ ।
क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा चेल्सी, अकल्याण्ड सिटी, अल हिलाल, अल जाजिरा, अल अह्ली र सिएफ मोन्टेरीको सहभागिता पक्का भईसकेको छ ।
यस अघि क्लब विश्वकप जापानमा तय थियो । तर, कोभिड-१९ को कारण देखाएर जापानले आयोजकबाट नाम फिर्ता लिएको थियो ।