काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
चोटको कारण नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका हुन् । नेयमारले एन्कलको चोट बोकेको बताईएको छ ।
२९ वर्षीय नेयमारले सेन्ट इटिएनविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा पीएसजीले ३-१ को जित निकालेको थियो ।
नेयमारले ७ फ्रेन्च लिग वान र एक च्याम्पियन्स लिग खेल गुमाउने छन् ।
फ्रेन्च लिगमा पीएसजी शीर्ष स्थानमा रहेको छ ।