काठमाडौं । फिफा पुस्कास अवार्डका लागि मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार अवार्डका लागि मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो।
फिफाले सार्वजनिक गरेको ११ जनाको सूचीमा रियाद महरेज, एरिक लामेला,लुइस डियाज, प्याट्रिक सिक परेका छन् ।
यस्तै भ्यालेन्टिनो लाजारो, गाउथियर हेईन,सान्ड्रा अन्शा,भान्गेलिस, डानिला सान्चेज, मेहदी तारेमी र कारोलिन वेइर रहेका छन् ।
फिफाले वर्षको उत्कृष्ट गोललाई पुस्कास अवार्ड दिने गर्दछ ।