काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
खेलाडीको पछिल्लो पटक गरिएको परिक्षणमा किमिचलाई कोरोना संक्रमण देखिएको हो ।
कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।
किमिचले कोभिड खोप समेत नलगाएको बताईएको छ ।
यस अघि बायर्नका स्ट्राइकर एरिक म्याक्सिम मोटिङलाई संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण देखिएपछि किमिचले बोरुसिया डर्टमण्ड र बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।