काठमाडौं । आजकै दिन, सन् २०२० को नोभेम्बर २५ मा डिएगो म्याराडोनाको निधन भएको थियो ।
यो मृत्युले कोही कसैलाई सबैभन्दा बढी चोट दिएको थियो भने त्यसमा एक लियोनल मेस्सी पनि थिए ।
म्याराडोनाको मृत्यु भएको ठ्याक्कै एक वर्ष भएको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार मेस्सीले आफ्नो पूरा खेल जीवनमा एउटा तथ्यको प्राय: सामना गरे र त्यो थियो, म्याराडोनासँग उनको लगातार तुलना ।
एक वर्ष अगाडिसम्म मेस्सी बार्सिलोनाका कप्तान थिए ।
बार्सिलोनाका लागि गोल गर्दै उनले म्याराडोनाप्रति श्रद्धान्जली पनि पोखे ।
मेस्सीले मार्कासँगको विशेष कुराकानीमा फेरि एकपल्ट म्याराडोनलाई सम्झेका छन् र भनेका छन्, ‘हिजै जस्तो लाग्छ, म्याराडोनाको निधन भएको ।’
उनलाई दु:ख के तथ्यमा पनि छ भने म्याराडोना नरहेपछि मात्र आफ्नो नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका जित्न सक्यो, त्यो पनि ब्राजिललाई उसकै भूमिमा हराएर ।
मेस्सीले भनेका छन, ‘म्याराडोना सधैं हाम्रो सम्झनामा रहने छन् । मैले केही निकै सम्झनालायक क्षण म्याराडोनासँग बिताएको छु, त्यसैले आफूलाई भाग्यमानी सम्झन्छु ।’
–मार्काको सहयोगमा ।