काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार पाँचौ जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० ले हराउँदै लिभरपुलले जितलाई कायम राखेको हो ।
लिभरपुललाई जित दिलाउन थियागो अलाकान्टरा र मोहमद सलाहले एक एक गोल गरे ।
एनफिल्डमा लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५२ औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले ५ खेलमा १५ अंक जोडेको छ ।
लिभरपुल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १-० ले हराएको छ ।